बुटवलमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु
बुटवल । बुटवलको कोरोना अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको मृत्यु भएको कोभिड अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।
लामो समय देखि उच्च रक्तचाप, मधुमेहको बिरामी रहेका उनको अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ गते देखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
प्रतिकृया दिनुहोस