नेपालमा चिनियाँ भ्याक्सिनको परीक्षण गरिने

Corona vaccine

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना भाइरसको उपचारका लागि चिनियाँ भ्याक्सिनको परीक्षण गर्ने भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रिस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार, आइतबार बिहान स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले नेपालमा चिनियाँ भ्याक्सिनलाई परीक्षण गर्न अनुमति दिएको हो ।

डा. ज्ञवालीका अनुसार सो कम्पनीले नेपालमा रहेको होङ्सी शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्न अनुमति मागेको छ । ट्रायलमा नेपाली नागरिकलाई समावेश गराउने वा नगराउने विषय भने अहिलेसम्म टुंगो लागेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...