‘बढी उमेरका व्यक्तिलाई सङ्क्रमण हुँदा मृत्यु दर पनि बढी हुन्छ’

1598362939 whonepal 1200x560

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा सङ्क्रमण बढेसँगै मृत्यु दर पनि बढ्ने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा प्रेसित गरेको अन्तरवार्ता उनले अहिले नेपालमा देशैभरी धेरै कोरोनाका केसहरु देखिन थालेको र बढी उमेरमा मानिसमा थप वृद्धि हुने सम्भावना रहेको उल्लेख गरे । “केही महिना अघि विदेशबाट फर्किएकामा मात्र केस थियो ।

फर्किेनेहरुको सङ्ख्या घटेकाले केश पनि घटेको देखिएको थियो । तर, अहिले सङ्क्रमितको सङ्ख्या बढेको छ । यो सुरुआत मात्रै हो । केसहरु निकै नै बढनेवाला छ । परिस्थिति अझै नराम्रो हुनेवाला छ”, उनले भने ।

यसो भन्दै गर्दा अन्य धेरै केस देखिएका मुलुक जस्तै ब्राजिलमा पनि समग्र जनसङ्ख्याको एक देखि दुई प्रतिशतलाई मात्र सङ्क्रमण देखिने अवगत गराउँदै डा भ्यानडिलिएरले नेपाल अहिले त्यो अवस्थाा पुगिनसकेको बताउनुभयो । नेपालमा अहिले शुन्य दशमलव एक प्रतिशतको हाराहारीमा मात्र सङ्क्रमण भएको छ ।

उनले भने, “यसबाट मैले के भन्न खोजको हो भने केसको सङ्ख्या बढेपनि आत्तिहाल्नुपर्ने अवस्था छैन् । अन्ततः सङ्क्रमण हुनेको सङ्ख्या पनि समग्र जनसङ्ख्याकोे तुलनामा कम नै हुनेवाला छ । हाम्रो वरिपरी र अहिले टोल छिमेकमा केश देखियो भन्दैमा सबैले आत्तिनुपर्देन । किनभने सबै जना सङ्क्रमित हुने भन्ने होइन ।”

केसको सङ्ख्या बढिरहेको र सङ्क्रमणको जोखिम पनि बढिरहे पनि थौरै जनसङ्ख्यालाई मात्र सङ्क्रमण देखिने र अधिकांश व्यक्तिलाई मन्द लक्षण मात्र देखिनुका साथै घातक नहुने उनको भनाइ थियो ।

फरक प्रशङ्मा विश्व स्वास्थ्य सङ्गठनले कोरोना रोकथाम र नियन्त्रणमा नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताउँदै उनले सहकर्मीहरु सरकारी अधिकृतसँग हातमा हात मिलाएर काम गरिरहेको, कोरोनाको प्रतिकार्यका लागि तयारी, निगरानी र तथ्याङ्क सङ्कलन गर्न, प्रयोगशालाको क्षमता र गुणस्तरमा सहयोग गरिहेको जानकारी गराए ।

साथै सङ्घीय सरकारलाई नीति निर्माणमा सहयोग गर्नुका साथै प्रादेशिक सरकारसँग पनि काम गरिरहेको उनले बताए । कोरोना नियन्त्रण र रोकथामका लागि नेपाललाई तीन तहका सरकाबीच समन्वय र सहकार्यको चुनौती रहेको बताउँदै डा.भ्यानडिलिएरले कोरोना सङ्क्रमित र सम्पर्कमा रहेकोको कट्«याक्ट ट्रेसिङमा व्यक्तिको खोजी कार्य गर्न स्थानीय सरकारको महत्वपर्ण भूमिका हुने उदाहरण प्रस्तुत गरे ।

साथै हाल राज्यको समग्र ध्यान कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित भएका बेला सुत्केरी, बालबालिका दीर्घरोगी र अन्य बिरामीका उपचारमा पनि आवश्यक व्यवस्थापन गर्न चुनौती रहेको उनको धारणा थियो । स्वास्थ्य सेवाको सहज सुलभ पहुँच र गुणस्तर सुधार्नुपर्ने अवस्था रहेको बताउँदै उनले कोरोना रोकथाम र नियन्त्रणमा आममानिसको व्यहार परिवर्तन गर्न पनि चुनौती रहेको विचार व्यक्त गरे ।

नेपालले धेरै प्रकारका प्रकोप देखेको र पुनः जीवन शुरु गर्न इच्छा शक्ति नेपालीमा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा स्यमंसेवीको सहयोग पनि लिन सक्नुपर्ने सुझाव दिए ।  कोरोना नियन्त्रणमा सरकारले नीजि स्वास्थ्य संस्थाको पनि सहयोग लिनुपर्ने र नीजि क्षेत्रले पनि आफ्नो स्रोता साधन र जनशक्ति परिचालन गरी सहयोग गर्नुपर्ने दायित्व पुरा गर्नुपर्ने उनको धारणा थियो ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...