कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो, पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु

Corona 13 e1590631748141

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । देशभर संक्रमितको संख्या बढेसँगै मृत्युदर पनि बढिरहेको छ । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ६८ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ७ जनाको मात्रै मृत्यु भएको जनाएको छ । मन्त्रालयले बारा र महोत्तरीमा मृत्यु भएका ४ जनाको संख्या भने उल्लेख गरेको छैन ।

मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा काठमाडौंकी ७२ वर्षीया महिला, ७६ र ६६ वर्षीय पुरुष रहेका छन् । सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

मंगलबार महोत्तरीमा २ जना कोरोा संक्रमितको मृत्यु भएको छ । योसँगै महोत्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

मनरा सिस्वा नगरपालिका –३ का ७५ बर्षीय बृद्ध र बलवा नगरपालिका –३ का ७७ बर्षीय बृद्धको मृत्यु भएको छ । मनरा सिस्वाका बृद्धको जलेश्वर अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो । केही दिनअघि मात्रै चितवनको क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका वृद्धलाई चितवनमै हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार उपचारबाट फर्किएका बृद्ध पोजेटिभ भएको जानकारी आएपछि उनलाई आइसोलेसनमा राख्न अस्पताल ल्याएको केहीबेरमै मृत्यु भएको हो ।

बलबा नगरपालिकाका ७७ वर्षीय बृद्धको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार विहान साढे ११ बजे नै मृत्यु भएको हो । उनी सोमबार साँझ प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

‘निमोनियाबाट ग्रसित बृद्धको अवस्था सोमबारै गम्भीर थियो । उनलाई तत्कालै भेन्टिलेटरमा राखेर उपचार गरे पनि मृत्यु भएको प्रादेशिक अस्पताल कोभिड –१९ संयोजक डा. जामुन सिंहले बताए ।

यता, बारामा कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै बारामा कोरोनाका कारणले १३ जनाको मृत्यु भइसकेको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर–४ मल्हनीटोल बस्ने ५९ पुरुष तथा बिश्रामपुर गाउँपालिका वडा नम्बर–५ औरयाटोलका ७२ बर्षे अर्को पुरुषको कोरोनाको कारणले मृत्यु भएको हो ।

पीसीआर रिर्पोट पोजिटिभ आएपछि उनीहरुलाई पर्साको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान छ बजे र अर्काको ११ बजे मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ८ सय ५५सहित देशभर संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको जानकारी दिए ।संक्रमितमध्ये १९ हजार १ सय १९ जना निको भएर घर फर्किएका छन् भने १ सय ६४ जनाको ज्यान गएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...