सशस्त्रका ३४ खेलाडीलाई कोरोना संक्रमण
काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबमा आवद्ध ३४ जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको छ । देशका विभिन्न ठाउँबाट काठमाडौं फर्किएका ३४ जना खेलाडीमा कोरोना पुष्टि भएको छ ।
संक्रमित खेलाडीमध्ये १८ जनालाई काठमाडौं कीर्तिपुर र १६ जनालाई भक्तपुरको दुवाकोटमा राखिएको छ । यसअघि दुईजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिकृया दिनुहोस