कोरोनाका कारण थप ५ जनाको मृत्यु , कुल मृतकको संख्या ७० पुग्यो

Co

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । यो कुल मृतकको संख्या ७० पुगेको छ । मन्त्रालयका अनुसार अहिले मृत्यु भएकामध्ये तीन जना पर्सा जिल्लाका र दुई जना सिरहा जिल्लाका हुन्। सबै जना पुरुष हुन्। तीमध्ये दुई जनाको पाटन र एक जनाको धरानमा मृत्यु भएको हो।

वीरगन्ज माईस्थानका ४५ वर्षीय व्यक्तिको साउन २२ गते पाटन स्वास्थ्य विज्ञान अस्पतालमा मृत्यु भएको हो। उनलाई मधुमेह र उच्च रक्तचाप भएको र श्वासप्रश्वासमा समस्या भई स्टार अस्पतालमा उपचार गराइरहेकोमा साउन १७ गते उनमा कोभिड पुष्टि भएको थियो। उनी आईसीयूमा उपचाररत भएको मन्त्रालयले जनाएको छ।

वीरगन्ज श्रीपुरका ७९ वर्षीय वृद्धको साउन २० गते घरमै मृत्यु भएको थियो। मरणोपरान्त परीक्षण गर्दा साउन २१ गते उनमा कोभिड भएको पुष्टि भएको थियो। वीरगन्ज श्रीपुरकै अर्का ४७ वर्षीय पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको थियो।

उनलाई मधुमेह, उच्च रक्तचाप र मुटुको रोग भएको तथा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी साउन २० गते अस्पतालमा भर्ना भएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो।

सिराहा गोलबजारका २५ वर्षीय युवकको धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २२ गते राति मृत्यु भएको हो। उनलाई मिर्गौलाको समस्या थियो। साउन १८ गतेदेखि जनकपुर अस्पतालमा डायालिसिस गर्न थालिएको थियो। साउन १७ गते सङ्कलित नमुनाको २१ गते परिणाम आउँदा उनमा कोभिड पुष्टि भएको थियो। थप उपचारका लागि उनलाई २२ गते नै धरान पठाइएको थियो।

सिराहा वसन्तपुरका ४५ वर्षीय व्यक्तिको पाटन अस्पतालमा साउन २३ गते बिहान मृत्यु भएको हो। साउम १९ गते कुकुरले टोकेपछि उनलाई अस्पताल भर्ना गरिएको र रेबिज रोगको शङ्का गरिएको मन्त्रालयले जनाएको छ। कोभिड परीक्षण गर्दा शुक्रवार बिहान कोरोनाभाइरस पुष्टि भएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...