आइसोलेसनमा बसेका २ को मृत्यु, स्वाब रिपोर्ट आउन बाँकी

Koshi hospital 1

विराटनगर । शुक्रबार आइसलेसनमा बसेका विराटनगर र वीरगञ्जमा गरी २ जनाको मृत्यु भएको छ । यद्यपि स्वाब परिक्षण यद्यपि स्वाब परिक्षणको रिपोर्ट आउन भने बाँकी छ । 

विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । महिलाको शव आइसोलेसनमा नै राखिएको छ । हाल आइसोलेसनमा अन्य एकजना पुरुष र एक महिला पनि उपचाररत छन् ।

श्वास प्रश्वासमा समस्या भएर बिहीबार आइसोलेसनमा भर्ना भएकी सुनसरी इनरुवा नगरपालिका–३ कि ४० वर्षकी महिलाको मृत्यु भएको डा. चुमनलाल दासले बताएका छन् ।

मृतक महिलाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ भने शव आइसोलेसनमा नै राखिएको दासले जानकारी दिए । स्वाब संकलन गरिएको र रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापन गरिने अस्पतालले जनाएको छ ।

वीरगञ्जको कोभिड विशेष अस्पतालमा भर्ना भएकी एक किशोरीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षकी किशोरीको वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार अपरान्ह मृत्यु भएको हो ।

अस्पतालका डा. निरज सिंहका अनुसार बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो ।

त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको आरडीटी विधिबाट परीक्षण गरिएको थियो । आरडीटी एन्टीबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह मृत्यु भएको हो ।

वीरगञ्ज हेल्थ केयर अस्पतालका अनुसार बुधबार राति साढे १० बजे उनलाई नारायणी अस्पतालबाट वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो ।

आरडीटी पोजेटिभ देखिएपछि हेल्थ केयरमै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो । बिहीबार रिपोर्ट नआएपछि जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर गण्डक अस्पतालमा रेफर गरिएको अस्पतालका सञ्चालक डा. अबुलहैस अन्सारीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...