कोरोना संक्रमणबाट थप ८७ वर्षीय वृद्धाको मृत्यु, मृतकको संख्या ४४ पुग्यो
वीरगञ्ज । पर्साको वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको छ । उनी मुटुका रोगी थिइन् ।
केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् । साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।
यसअघि वीरगञ्जको गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको थियो । ती संक्रमितलाई गत सोमबार सास फेर्न गाह्रो भएपछि सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो ।
शंकास्पद विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र उनको सोही दिन साँझ मृत्यु भयो । उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रतिकृया दिनुहोस