लकडाउन सकिएपछि समुदायमा फैलियो कोरोना संक्रमण, पर्सामा १७ जनामा संक्रमण पुष्टि

Parsha hospital

पर्सा । ‘पेड टेस्ट’ सुरु भएपछि पछिल्लो समय वीरगन्जमा संक्रमितको संख्या बढ्न थालेको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा पर्साका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वेच्छाले परीक्षणका गराएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमा विभिन्न पेसा व्यवसायमा संलग्न रहेका व्यक्ति छन् । पछिल्लोपटक १७ जना संक्रमितमध्ये एक जना नारायणी अस्पतालका र एक जना बाहिर कार्यरत चिकित्सक हुन् ।

सुख्खा बन्दरगाहका दुईजना स्टाफ, ट्रक चालक र एक निजी स्कुलका कक्षा १० का विद्यार्थी समेतमा कोरोना संक्रमण देखिएको छ । बुधबार साँझ संक्रमण पुष्टि भएका सबै जना क्वारेन्टाइनमा नबसेका व्यक्ति हुन् ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमित १७ जनामध्ये ९ जना पैसा तिरेर (सेल्फ पेड) परीक्षण गराएका र अन्य चिकित्सक सिफारिसमा परीक्षणका लागि आएका थिए । अस्पतालमा उपचारार्थ भर्ना भएका ५ जनाको परीक्षण गरिएको हो ।

चिकित्सकका अनुसार भर्ना भएकाहरुमा कडा निमोनिया देखिएको छ । दुईजना यसअघिका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा आएका हुन् । डा. उपाध्यायका अनुसार संक्रमित १७ जनामध्ये कोही पनि क्वारेन्टाइनका हैनन् ।

‘पेड टेस्ट’ सुरु नगरुन्जेल पर्सामा संक्रमित सबै निको हुँदै गएका थिए । नारायणी अस्थायी कोरोना अस्पतालमा मात्र २ जना संक्रमित भर्ना थिए । ‘तर, पेड टेस्ट सँगै विभिन्न व्यक्तिहरुले स्वेच्छाले जाँच गर्न थालेपछि कोरोना संक्रमित ठूलो संख्यामा देखापर्दै गएको छ ।

‘लकडाउनको अन्त्यसँगै सबैतिर भीडभाड हुनुले ठूलो खतरा निम्त्याएको छ । हामीहरु अहिले पनि कोरोना संक्रमणको उच्च जोखिममै छौँ’ सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तसर्थ भीडभाडमा नजाऔँ, स्वास्थ्य र सुरक्षाका सबै शर्त र मापदण्डको अनिवार्य रुपमा पालना गरौं ।’

मंगलबार साँझ अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । एडभान्स मेडिकेयर हस्पिटलमा उपचारका क्रममा कोरोना संक्रमणको शंका लागेपछि गत मंगलबार नारायणी अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...