थप १५० जनामा कोरोना पुष्टि, हेर्नुस् कुन ठाउँमा कति थपिए संक्रमित

Corona 2

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका थप ९ जना सहित १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरको प्रयोगशालामा गरिएको ३ हजार ९६३ नमुना  परिक्षामा १५० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

संक्रमित मध्ये ४० जनाको मृत्यु भएको छ भने १२ हजार ४७७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ६०९ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ५ हजार ४७७ जना आइसोलेसनमा छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै २९ जना संक्रमित थपिएका छन् । कञ्चनपुरका २० जना, महोत्तरीका १४, दैलेखका १०, काठमाडौं र उदयपुरका ८-८ जना, चितवन र मकवानपुरमा ५-५ जना तथा कैलाली, बझाङ र डोटीमा ४र४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङ, सर्लाही, गोरखा, म्याग्दी, स्याङ्जा, बाग्लुङ, बाँके र दाङका ३–३ जना, झापा, इलाम, पर्सा, रामेछाप र सल्यानका २-२ जना तथा सप्तरी, काभ्रे, नुवाकोट, ललितपुर र नवलपरासीका १-१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...