थप ११४ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या १६ हजार ९४५ पुग्यो

1586848470coronavirus news scientists is

काठमाडौँ । नेपालमा सोमबार थप एक सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार थपिएकासहित नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १६ हजार नौ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सङ्क्रमण पुष्टिभएकामध्ये अहिलेसम्म १० हजार दुई सय ९४ जना निको भएर घर फर्किएको र सक्रिय सङ्क्रमित ६ हजार ६ सय १३ जना मात्रै रहेको मन्त्रालयले जनाएको छ । सोमबार नेपालमा एक सय ४४ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिँदा एक हजार सात सय ९४ जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा एक सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार ५ हजार ८ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४४ जनामा कोरोना पोजेटिभ भेटिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

अहिले प्रदेश नम्बर १ मा एक सय ८३, प्रदेश नम्बर २ मा एक हजार आठ सय ७२ र वाग्मती प्रदेशमा चार सय ५८ जना सङ्क्रमित अहिले विभिन्न अस्पतालका आइसोलेशनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा चार सय ९८, प्रदेश नम्बर ५ मा सात सय २९, कर्णाली प्रदेशमा तीन सय ६१ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ६ सय १२ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

अहिलेसम्म कोरोना सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ । प्रदेश नम्बर २ मा चार जना, वागम्ती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा पाँच जना, प्रदेश नम्बर ५ मा १० जना, कर्णाली प्रदेशमा चार जना सुदूरपश्चिम प्रदेशमा ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...