रुसले बनायो कोरोनाविरुद्धको खोप, चाडै बजारमा आउने तयारी

Corona kho rus

काठमाडौं । कोरोना भाइरसको विश्वब्यापी महामारी कायमै रहेका बेला यसविरुद्धको खोप विकासको क्रम पनि जारी छ । छिटो भन्दा छिटो खोप पत्ता लगाउनका लागि विश्वभरका वैज्ञानिकहरुबीच प्रतिस्पर्धा नै चलिरहेको छ ।

यसैबीच रुसको सेचेनोव विश्वविद्यालयले कोरोना भाइरसविरुद्धको खोप विकास गरेको दावी गरेको छ । भ्याक्सिनका सबै परीक्षण पुरा भएको र सफल पनि भएको विश्वविद्यालयले जनाएको छ ।

ईन्स्टिच्युट फर ट्रान्सलेसन मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक वदिम तारसोभले बताए अनुसार सेचेनोव विश्वविद्यालयले १८ जुनमा भ्याक्सिनको परीक्षण गरेको थियो । यो भ्यााक्सिनको निर्माण रुसको गेमली इन्स्टिच्युट अफ एपिडेमियोलोजी एण्ड माईक्रोबायोलोजीले गरेको वदिम तारसोभले पुष्टि गरेका छन ।

सेचेनोव विश्वविद्यालय मातहतको ईन्स्टिच्युट अफ मेडिकल प्यारासिटोलोजी, ट्रपिकल एण्ड वेक्टर–बर्न डिजीजका निर्देशक अलेक्जेण्डर लुकाशेवले बताए अनुसार सुरक्षाका दुष्टिकोणले आवश्यक पर्ने सबै विषयमा केन्द्रित रहेर गरिने सबैखाले परीक्षणहरु सम्पन्न भैसकेका छन ।

यो भ्याक्सिन कहिलेसम्म बजारमा आउँछ भन्ने बारे यकिन हुन नसकेपनि छिट्टै आउने लुकाशेवले विश्वास ब्यक्त गरे । वदिम तारसोभका अनुसार यो महामारीको समयमा सेचेनोव विश्वविद्यालयले शैक्षिक संस्थाको रुपमा मात्र नभै वैज्ञानिक तथा प्राविधिक अनुशन्धान केन्द्रका रुपमा महत्वपूर्ण काम गर्न सफल भएको छ ।

यहि प्रयासका कारण कोरोना भाइरसविरुद्धको खोप निर्माण सम्भव भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...