११ वर्षीय नाबालिकालाई गोठमा लगेर बलात्कार गर्ने युवक पक्राउ

बाजुरा । बाजुराको खप्तड छेडदह गाउँपालिका–४ गुदुखातीका १८ वर्षीय धनबहादुर धामीलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार जेठ ८ गते साँझ ५ बजेतिर आरोपी धामीले ११ वर्षीय नाबालिकालाई घरमा कोही नभएको अवस्थामा गोठमा लगेर जबर्जस्ती करणी गरेर फरार भएको उनका बुबाले बताएका छन् ।

नाबालिकाका बुबाले उक्त घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीले आरोपी धामीको खोजी शुरु गरेको थियो । जबर्जस्ती करणी गरेर फरार धामीलाई खोजी गर्दा सोही वडाकै भगाड भन्ने ठाउँंमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका धामीलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । अहिले पक्राउ परेका धामी जिल्ला प्रहरी कार्यालय बाजुराको नियन्त्रणमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

शिक्षक आन्दोलनले विद्यालय भर्ना अभियान प्रभावित, १२ कक्षाको परिक्षा पनि प्रभावित हुने

Teacher aandolan ktm

काठमाडौं । सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयला...