चिर्पटले टाउकोमा हिर्काएर श्रीमतीको हत्या

रामेछाप । चिर्पटले टाउकोमा हिर्काएर श्रीमतीको हत्या गरेका छन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका–३ मा श्रीमतीको हत्या आरोपमा ६१ वर्षका निरबहादुर दमाई  पक्राउ परेका हुन् ।

५० वर्षकी श्रीमती धनकुमारी दमाई घरमा खाना पकाइरहेका बेला निरबहादुरले उत्तिसको चिर्पटले टाउकोमा हिर्काएको रामेछापका प्रहरी प्रवक्ता इन्सपेक्टर शेख अदालतले जानकारी दिए । प्रहरीले निरबहादुरमाथि अनुसन्धानका लागि शुक्रबार जिल्ला अदालत रामेछापमा ५ दिनको म्याद थप गरेको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...