प्रहरी किताबखाना लैनचौरका कर्मचारी कार्यकक्षबाटै घुससहित पक्राउ

काठमाडौं । प्रहरी किताबखाना लैनचौरमा कम्प्युटर अपरेटरका रुपमा कार्यरत् नायब सुब्बा सुरज केसी कार्यकक्षबाटै घुससहित पक्राउ परेका छन ।

उनले निवृत्तिभरणको अधिकार पत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । उनका अनुसार विशेष सुराकीको आधारमा गएको टोलीले घुस रकम लिँदैगर्दा उनकै कार्यकक्षबाट पक्राउ गरेको थियो । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...