सानैमा बिहे र बच्चा, अहिले पछुतो
प्युठान । वैशाख २ गते,बीहानको चिसो मौसमका बीच टाउकोमा मजेत्रो गुथेर पातलै कपडामा छिन प्युठानको बिकट गौमुखि गाउँपालिका २ अर्खाकी छमा बिक. दुधे बालक, ५ महिने काखे बालक उनको पिठ्युँको डोकोमा खेलिरहेको छ । क्षमा बिकले भनिन् बालकलाई पनि आफ्नो क्षमताले भ्याए सम्मको बाक्लो कपडाले बेरेकी छिन । बच्चा लिएर आउन त गाह्रो भयाछ चिसो लाग्छ लागेर के गर्ने ।
श्रीमान् गोठमा गाईवस्तुको रेखदेख गर्दै छन् । सुरुमा कुरा गर्न अप्ठेरो मान्दै थिइन् तर पछि खुलिन् छमा। ‘यत्रो बच्चालाई कहाँ छोड्ने,’ मलिन स्वर पार्दै उनले भनिन् ‘तल सहरबजारमा जस्तो दूध पायाको हुन्न, हामी त तीन वर्षसम्म दूध ख्वायाको हुन्छौँ । घरमा दूध छैन । एक छोरा र दुई छोरीकी आमा छमी सुनार २५ वर्षकी भइन् । उनले १५ वर्षकै उमेरमा भागी बिहे गरेकी थिइन् ।
अहिले उनको दैनिकी काखे बच्चा स्याहार्ने र घरधन्दा चलाउँदैमा बित्छ,१५ वर्षको उमेरमा ख्यालख्यालमै भागियो, सानैमा बच्चा जन्मिएपछि सुरुमा निकै गाह्रो भयोे, उनले सुनाइन्, ‘अहिले पढ्न मन लाग्छ तर, कामधन्दा कसले गरिदेओस्, अब मेरो भाग्य यस्तै हो भन्ने लाग्छ ।’
कक्षा चारमा पढ्दा पढ्दै भागेर बिहे गरेकी छमाले १५ वर्षमा पहिलो सन्तान, १७ वर्षमा दोस्रो, र २५ वर्षमा तेस्रो सन्तान जन्माइन् । विद्यालय पढ्न जान तीन घण्टा टाढा जानुपर्ने बाध्यता भएको उनले सुनाइन् । अज्ञानता र अभाव र समस्याले अहिल पछुतो लागेको उनको गुनासो पाखिन् । क्षमा बि।क मात्र होइन यस क्षेत्रमा बसोबास गर्ने अधिकांस महिलाको जनजीवन ज्यादै कष्टकर रहेको छ । यहाँका महिलाहरूको वर्षभरीको सबै समय चुलो चौकामै बित्ने गरेको छ ।
यहाँका पुरुषहरू भारत जाने गरेका कारण पनि यहाँका महिलाहरूलाई कार्यबोझ धेरै छ । घरदेखि बाहिरको काम समेत महिलाकै ठेक्का हुँदा महिला जिवन निकै तनावपूर्ण रहेको छ । भौगोलिक बिगटताले गर्दा स्थानीय विकासका पूर्वाधारबाट वञ्चित छन् । त्यहाँ यातायात, खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्यलगायत विकास पूर्वाधार पुग्न सकेको छैन । जसकारण त्यस क्षेत्रको जनजीवन निकै पीडादायी छ । यस्तो अभावमा महिलाले मात्रै काम गर्नुपर्ने बाध्यता पनि छ ।
घरका पुरुष मान्छे पैसा कमाउन बाहिर देश गएपछि सम्पूर्ण जिम्मेवारी महिलाको काँधमा आउने गर्छ । उनीहरू जिम्मेवारी वहन गर्न १२ महिनै फुर्सदमा हुन्नन् । ज्यानको कुनै वास्ता नगरी निरन्तर काममा मात्रै खटिरहन्छन् । यस्तो बाध्यता मुलुकका अधिकांश ग्रामीण क्षेत्रका महिलाले वर्षौंदेखि भोगिरहेका छन् । उनीहरू जस्तो अवस्थामा पनि पारिवारिक बोझ सम्हालिरहेका हुन्छन् । स्वास्थ्य राम्रो नराम्रो जस्तोसुकै अवस्थामा अनवरत घरायसी कार्यमा तल्लीन भइरहेका हुन्छन्, ।
पुरुष मान्छे घरमा भए पनि खासै काममा सघाउँदैनन् । उनीहरू सोच्छन्, घरमा श्रीमतीलाई काममा सघायो भने इज्जत जान्छ तथा मर्द भएर त्यस्तो काम गर्नुहुन्न । यस्तो साँघुरो सोचाइका कारण अधिकांश महिलाले आफ्नै श्रीमानको सहयोग पाउँदैनन् । उनले घरको काम गर्छिन् ,म गोठालो गर्दै दैनिकी चलेको छ ।, सानै उमेरमा बिबाह गरियो व्यबहारले च्याप्दै गयो श्रीमान ज्ञान बहादुर सुनार बताउँछन् । महिलाका समस्या समाधानका लागि अब सबैभन्दा चेतना नै आवश्यक पर्छ । त्यसकारण महिलाले वर्षौंदेखि भोग्दै आएका विभिन्न समस्या समाधानका लागि राज्य तथा सबैको उत्तिकै भूमिका हुन्छ ।
गौमुखी गाउँ पालिकाका अध्यक्ष बिष्णु गिरि भन्छन् , ‘गौमुखिका महिलाहरूलाई घरको कामकाज धेरै छ । परम्परागत प्रणालीको खेतीले यहाँका महिलाको जीवन झनै कष्टकर बनाएको छ । खेतबारीको कामको चाप, महिलाले मात्र काम गर्नुपर्छ भन्ने गलत मानसिकता पुरुषमा हावी भएकाले ग्रामिण महिला झनै समस्यामा परेको गिरि बताउछन् ।
‘बालबच्चालाई स्याहार्नेदेखि खेतबारीको काम हुँदै चुलो चौकासम्म आफुले गर्नुपर्ने यहाँका महिलाको नियति रहेको छ’ उनिहरुको क्षमता बिकासका लागि बजेट बिनियोज गरेका छौँ ,उनले भने ‘महिला भित्र पनि दलित महिलाको अवस्था झन् दर्दनाक भएको र सानैमा बिहे गराइदिने प्रचलनले २० वर्ष नपुग्दै चार पाँच वटा बच्चाको आमा बन्नुपर्ने अवस्था छ ।
उत्तरपुर्वी प्युठानको लेक तिर घुमन्ते वसाई हुन्छ्। सवैजसो कृषक,गाईबस्तुका लागि चरन सजिलो हुने हुँदा घर छोडेर उनिहरु गोठ झर्छन । ६ महिना भन्दा बढी गोठमै बस्ने चलन हुन्छ।घरमा बच्चा छोड्दा जंगली जनावरको डरले पनि यसरी डोकोमा बोकेर साथै लैजान्छन। कहाँ सुख छ ररु छमिले भनिन हामी त पढ्या नाई,लोग्ने पनि पढ्या नाई उनले भनिन । किशोरकालमै बिहे भएका यहाका अधिकाश महिला काममा जोतीएका छन् ।
बेसीको घाँसपात सकिएर न्यानो समय सुरु भएसँगै बस्तुभाउ आफंै लेक उक्लन आतुर हुन्छन् । गर्मी नहुने, रोजाइको घाँस पाइने भएकाले बस्तुभाउको रोजाइ पनि गोठ नै बन्ने गरेको छ । हिउँदमा कमजोर भएका बस्तुभाउ मात्रै होइन, गोठाला पनि गोठबाट फर्कंदा हृष्टपुष्ट हुन्छन् । उनीहरू आ–आफूलाई पायक पर्ने लेकतिरै भैंसी चराउँछन् । विशेषगरी पशुवस्तु र पहाड, खोंच, भीर, पाखा उनीहरूका परिचित क्षेत्र हुन् । ६ महिनाभन्दा बढी गोठमा बिताउने भए पनि उनीहरू बस्ने गोठ कहिल्यै व्यवस्थित हुँदैनन् ।
अलि–अलि प्रकाश र पानी छल्ने खालको गोठमा आधा वर्ष बिताउँछन् । ‘राम्रोमा बस्ने भए त बेसीतिरै घर छन् नि,’ उनले भने, ‘हामी गोठमा आनन्दले बस्छौं, गोठमा बसेकै कारण कुनै अप्ठ्यारो भोग्नुपरेको छैन ।’ चरन क्षेत्रमा छाडिएका भैंसी आफैं गोठमा फर्कन्छन् । दुहुना भैंसी दूध दुहुने समय टुप्लुक्क दाम्लामा आइपुग्छन् भने अन्य पनि समयमै गोठ फर्किन्छन् । भैंसी चर्ने समयमा पाडापाडीका लागि घाँस जुटाउन र आफ्ना लागि सागसब्जी खोज्नमै गोठालाको दिन बित्छ ।
खरले छाएको सानो गोठभित्र छेवैमा पाडापाडी बाँधेर सुत्छन् । झरीको आवाज, तपतप पानी चुहिने गोठ, भैंसी र पाडापाडीका साथै जंगली पशुपन्छी र जनावर कराएको आवाजले उनलाई मीठो निद्रा लाग्छ । लेकमा धेरैवटा खर्क छन्, कतै चैत–वैशाखमा पर्याप्त घाँस पाइन्छ, कतै असार–साउनमा । पालैपालो ती खर्कमा भैंसी डुलाउँछन् । गौमुखी गाउपालिका २ का ७६ बर्षीया पहलमान रानाले यहाका अधिकाशँ भारत तेस्रो मुलुकमा कामका लागि जाने गरेको बताए ।
दलित महिला त प्रतिनिधि पात्र मात्र हुन् यहाका सम्पूर्ण महिलाको पीडा उस्तै हो, भौगोलिक रुपमा विकट भएकाले सहर बजारको जस्तो जनजीवन सहज छैन । यहाँका मलिाहरुको पिठ्युँमा भारी, निधारमा नाम्लो कहिल्यै छुट्दैन । न पुर्वाधार न सुविधा अनकन्टार भूगोलवासी आफ्नै बुता र पशुको बलमा परको ठूलो बस्ती–बजारसँग जोडिने रहर गर्छ ।
प्रतिकृया दिनुहोस