भिक्षुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

Bhichhu ashwoghos 24

काठमाडौं । भिक्षु अश्वघोषको विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । आइतवार बसेको मन्त्रिपरिषद बैठकले थेरवाद बुद्ध धर्म भिक्षु महासंघका संघनायक अश्वघोषको विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

उनी २०५९ देखि ५४ सम्म राष्ट्रियसभाका सांसद थिए । राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिको रुपमा एमालेले उनलाई राष्ट्रियसभा सदस्य बनाएको थियो ।

करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवर्द्धनमा लागेकाका ९४ वर्षीय भिक्षु अश्वघोषले करीब १५० कृतिहरू प्रकाशित गरेका भिक्षु तपस्सी धम्मले जानकारी दिए । दिवङ्गत भिक्षु अखिल नेपाल भिक्षु महासङ्घको सल्लाहकारसमेत थिए ।

मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...