म्यानपावर कम्पनी चलाउन ६ करोड धरौटी राख्नुपर्ने

Manpowr ko dharaute

काठमाडौं । म्यानपावर कम्पनीको धरौटी फेरि परिमार्जन गरिएको छ । यसअघि सरकारले ५ हजारभन्दा बढी पठाउनेको ६ करोड र त्यो भन्दा कम पठाउनेलाई ३ करोड धरौटी राख्नुपर्ने भन्दै संसदमा विधेयक दर्ता गरेको थियो ।

समितिको निर्णय अनुसार वार्षिक ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद र एक करोड बैंक ग्यारेन्टी, ३ हजारदेखि ५ हजारसम्म कामदार वार्षिक पठाउने म्यानपावर कम्पनीले एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टी र ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीले दुई करोड नगद र चार करोड बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था गरेको हो ।

वार्षिक एक सय जना पनि कामदार नपठाउने म्यानपावर कम्पनीलाई एक पटक अवसर दिने र अर्को वर्ष पनि एक सय जना कामदार पठाउन नसके म्यानपावर खारेज गर्ने व्यवस्था पनि गर्ने निर्णय गरेको छ ।

एक घरका परिवारले एउटाभन्दा बढी म्यानपावर कम्पनी सञ्चालन गर्न नपाउने र त्यस्तो भए ६ महिनाभित्रमा मर्ज गर्न समय दिने निर्णय पनि कानून समितिले गरेको छ ।

समितिले यो विधेयक मंगलबार बस्ने संसदमा पेश गर्ने पनि निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...