चार वर्ष प्रभु बैंक चलाउने जिम्मा फेरि शेरचनलाई नै

Ashok sherchan

काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन पुनः नियुक्त भएका छन् । कार्यकाल सकिन केहि दिन मात्रै बाँकी हुँदा बैंक सञ्चालक समितिले शेरचनलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति दिएको हो ।

उनले नै डेढ दर्जन खराब संस्थाहरुलाई गाभेर प्रभू बैंकलाई आकर्षक वाणिज्य बैंक बनाएका थिए ।  खराब संस्थालाई गाभेर जर्जरपूर्ण अवस्थाबाट बैंकलाई माथि उठाउन उनले निक्कै ठूलो भुमिका निर्वाह गरेका थिए । बैंकर शेरचनको कुशल कार्यसम्पादनलाई हेरेर पनि संचालक समितिले दोस्रो कार्यकालका लागि बैंक सञ्चालनको जिम्मा दिएको हो । 

बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई माघ १८ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो ।

उनी प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला नायव प्रमुख कार्यकारी थिए । किष्ट बैंक गाभिएर प्रभु बैंक भएपछि दोस्रो वरियतामा रहनुभएका शेरचनलाई तत्कालिन सीईओ कुमार लम्सालले राजिनामा दिएपछि सीईओमा नियुक्त गरिएको थियो ।

शेरचनसँग एनसिसि बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म २१ बर्षको बैंकिङ गरेको अनुभव छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...