राष्ट्रपति कार्यालयमा घटस्थापना तथा बडादसैँको शुभकामना आदानप्रदान

Sital niwas

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विधिपूर्वक राष्ट्रपति निवासमा घटस्थापना गरेकी छन् । पञ्चाङ्ग निर्णायक समितिले जुराएको शुभसाइतमै राष्ट्रपतिको उपस्थितिमा जमरा राखिएको राष्ट्रपतिको स्वकीय सहसचिव एवं राष्ट्रपति कार्यालयका पण्डित हेमचन्द्र ढकालले जानकारी दिए ।

यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा आजै राष्ट्रपति कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीबीच बडादसैँको शुभकामना आदानप्रदान भएको थियो ।

यसैबीच, राष्ट्रपति भण्डारीले यसपटक पनि विजया दशमीका दिन राष्ट्रपति कार्यालयमा पाल्नुहुने माहानुभावलाई टीका तथा जमरा प्रदान गर्ने भएकी छिन् ।

विजया दशमीका दिन शुभसाइतमा परिवारजनका साथ टीका, जमरा तथा आर्शिवाद ग्रहणपछि उनले राष्ट्रपति कार्यालयमा पल्ने महानुभावलाई टीका तथा जमरा प्रदान गर्ने पण्डित ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...