एउटाको जग्गा अर्कैका नाममा पास गरिदिने मालपोत प्रमुख पक्राउ

Malpot 1

काठमाडौं । कीर्ते कागजपत्र बनाएर एउटा ब्यक्तिको जग्गा अर्कैको नाममा पास गरिदिने चाबहिल मालपोत कार्यालयका प्रमुख पक्राउ परेका छन् ।

मालपोत अधिकृत उपसचिव कमलप्रसाद तिम्लिसेनालाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो । तिमिल्सिनेले बुढानिलकण्ठको ४० आना जग्गा नक्कली कागजपत्र बनाएर अर्कै ब्यक्तिलाई नामसारी गरिदिएका थिए ।

प्रहरीले यसअघि सोही प्रकरणमा मालपोत चाबहिलका चार जना कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बुढानिलकण्ठको ४० आना जग्गा किर्ते गरेर पास गरेको प्रकरणमा यसअघि मालपोत अधिकृत खगेन्द्र अर्याल, नासु रन्जनकुमार खरेल, जमुना कुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई पक्राउ परेका थिए ।

बुढानिलकण्ठमा रहेको चन्दनकृष्ण कायस्थको ४० आना जग्गा नक्कली व्यक्तिका नाममा किनबेच भएको थियो । प्रहरीले जमिनको श्रेस्ताको जिम्मा राख्ने, श्रेस्ता तयार पार्ने र रुजु गर्ने कार्यमा संलग्न कर्मचारीलाई पक्राउ गरेको हो ।

नक्कली जग्गाधनी बनेर मालपोतको ढड्डामा समेत दोस्रो व्याक्तिको फोटो टाँस गरेको अनुसन्धानको क्रममा भेटिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...