निर्मलालाई न्याय दिन माग गर्दै काठमाडौंमा प्रदर्शन

Ktm ma pani pradasan

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा पनि प्रदर्शन भएको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो। ‘जनताको भेला’ नाम दिइएको प्रदर्शनमा सहभागीहरुले ‘निर्मलाका निम्ति न्याय’ लगायतको ब्यानर बोकेर शनिबार दिउँसो काठमाडौँको माइतिघरबाट बानेश्वरसम्म प्रदर्शन गरिए थिए । जुलुसमा लेखक, पत्रकार, राजनीतिक दलका कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

प्रहरी र न्याय मागकर्ताबीचको झडपपछि कञ्चनपुरमा कफ्र्यु जारी गरिएको छ भने प्रहरीको गोली लागि एक १३ बर्षको बालक सनि खुनाको मृत्यु भएको छ र कैयौं घाइते भएका छन् ।

निर्मला पन्त हाम्री चेली हुन, निर्मलालाई न्याय दे लगायतका नारा जुलुर र प्लेकार्ड बोकेका सर्वसाधारणले बलात्कारीलाई फाँसी दिन माग समेत गरे। जुलसमा सहभागीले निर्मलाको बलात्कार र हत्यामा संग्लनलाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...