यस्तो आइतबार साँझको ८ निर्णय, दुर्गाप्रसाद भट्टराईलाई मन्त्रिपरिषदको कैची

Mantri parisad ko karlaya

काठमाडौं । सामान्तयः बिहीबार मात्रै मन्त्रिपरिषदको बैठक बस्ने गरेको थियो । तर, केपी ओली नेतृत्वको मन्त्रिपरिषदको बैठक बस्ने कुनै समयसीमा नै छैन ।

कहिले बिहीबार त कहिले शुक्रबार वा आइतवार पनि न्त्रिपरिषदको बैठक बसिरहेकै हुन्छ । त्यही क्रममा आइतबार साँझ पनि मन्त्रिपरिषदको बैठक बसेको छ । आइतबारको बैठकले ८ वटा प्रस्ताब पारित गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपाली राजदूत (स्थायी प्रतिनिधि) दुर्गाप्रसाद भट्टराईलाई आगामी साउन १५ गतेभित्र नेपाल फर्कन सूचना दिने निर्णय गरेको छ ।

यस्ता छन् निर्णयहरु
–सरकारले राजदूत नियुक्त गर्ने मापदण्ड २०७५ लाई स्वीकृत

–जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता (दोस्रो संशोधन) नियमावली २०७५, बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना र विद्युत् नियमन आयोग नियमावली २०७५ स्वीकृत

–संयुक्त राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपाली राजदूतलाई आगामी साउन १५ गतेभित्र नेपाल फर्कन सूचना दिने

–स्थानीय निकाय वित्त आयोग खारेजी

–वित्त आयोगको सचिवालयमा रहेको विवरण, स्रोत र सम्पत्ति राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा हस्तान्तरण गर्ने –भारतीय सहयोगमा सञ्चालनमा रहको साना विकास परियोजनाको कार्यान्वयनका लागि कार्यान्वयन गर्ने निकाय र कार्यान्वयन प्रक्रिया तोक्ने निर्णय

–विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए)बाट नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउने तथा कार्यकुशलतामा सुधारका लागि बजेट सहायतास्वरुप उपलब्ध हुने करीब १० अर्ब ऋण सहायता स्वीकार गर्ने

–मानवअधिकार आयोगले क्षतिपूर्ति निर्धारण गरी कार्यान्वयन गर्न सिफारिश गरेबमोजिमको क्षतिपूर्ति ३३ जना व्यक्तिलाई उपलब्ध गराउने
–नेपाल र साउदी अरेबिया सरकारबीच उद्योग, व्यापार, लगानी, विज्ञान, सूचना प्रविधि, पर्यटन, खेलकूदजस्ता क्षेत्रहरुमा लगानी र सहयोगसम्बन्धी सम्झौता गर्ने निर्णय

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको सिधुँवामा नवसाक्षरता कार्यक्रम प्रभावकारी बन्दै, अक्षर चिन्न छेकेन बुढ्यौलीले

Sidhuwa proaudh sikshya

धनकुटा । पढ्नलाई न उमेरले छेक्छ, न परिस्थितीले नै । अहिले धनकुटा छथरजोरपाटी गाउँपालिकाको सिधुवामा...