नयाँ मेन पावर दर्ता गर्दा ३ करोड धरौटी राख्नुपर्ने

Baideskhik rojgar ain

काठमाडौं । मेनपावर कम्पनी दर्ता सम्बन्धी ‘वैदेशिक रोजगार ऐन २०६४’ संशोधन गर्ने तयारी गरेको छ ।

सो एने संशोधन भएपछि मेन पावर दर्ता गर्दा लाग्ने धरौटी पनि बढ्ने छ । मेनपावरको धरौटी रकम बैंक ग्यारेन्टीबाहेक ३ करोड पुर्याउने गरी ऐन संशोधनको काम भइरहेको जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको सो ऐन संशोधनको अन्तिम तयारीमा छ । हाल बैंक ग्यारेन्टी ७ लाख र नगद २३ लाख गरी ३० लाख धरौटी राखेर नयाँ मेनपावर कम्पनी दर्ता सक्ने कानुनी व्यवस्था छ ।

तर ऐन संशोधन भएपछि नयाँ मेन पावर दर्ता गर्दा झण्डै ३ करोड धरौटी राख्नुपर्ने हुन्छ । नेपालबाट एउटा मेनपावर कम्पनीले एक वर्षमा झण्डै ५ सय कामदार विदेशी श्रम बजारमा आपूर्ति गर्दै आएका छन् ।

व्यहारमा लागू नभए पनि वैदेशिक रोजगारीमा जाने कामदारको हकमा सरकारले २०७२ देखि फ्रि भिसा र टिकट लागू गरेको थियो । खाडीका ६ देश र मलेसिया जाने कामदारको हकमा फ्रि भिसा र टिकट लागू भएको थियो ।

रोजगारीमा गएका कामदार समस्यामा परे अहिले कायम मेनपावरको धरौटीले उद्धार गर्न सक्ने अवस्था छैन । त्यही भएर पनि मन्त्रालयले ऐन संशोधन गर्न लागेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले वैदेशिक रोजगार ऐन संशोधनको तयारीमा रहेकाले धरौटी रकम र अन्य विषयमा अहिले नै केही बोल्न नमिल्ने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...