उफ, फेरि भारतीय नाकाबन्दी !

Nakabandi baloon

काठमाडौं । नेपालको दक्षिणी छिमेकी मुलुक भारत छिमेकी देशहरुका लागि अहिलेसम्म असल छिमेकी बन्न सकेको छैन । त्यसको पछिल्लो उदाहरण हो मालदिम्समाथि नाकाबन्दी लगाइनु ।

नेपालमा नयाँ संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै लामो समयसम्म नेपालमा भारतले नाकाबन्दी लगायो । जसको असर नेपालले प्रत्यक्ष रुपमा भोग्नुपरेको थियो ।

छिमेकी देशहरुमाथि नाकाबन्दी लगाउँदै आएको भारतले पछिल्लो समय कुटनीतिक टकराबसँगै मालदिभ्समाथि अघोषित नाकाबन्दी लगाएको छ । भारतले नेपालमा नाकाबन्दी गर्दा पनि अघोषित रुपमै लगाएको थियो ।

भारतले मालदिभ्समाथि गर्दै आएको अत्यावश्यक सामाग्रीको आपूर्तीमा रोक लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले अत्यावश्यक खाद्य सामाग्रीहरु चामल, आलु, प्याज तथा दालहरुको आपूर्तीमा आधा तथा त्यो भन्दा बढी परिणाममा रोक लगाएको भारतीय पत्रिका विजनेस स्टान्डर्डको अनलाईन संस्करणमा उल्लेख छ ।

सन् १९८१ मा भारतले मालदिभ्ससँग व्यापार सन्धीमा हस्ताक्षर गरेको थियो । दक्षिण एसियाका सानो टापु राष्ट्र मालदिभ्समा भारतले खाद्य सामाग्री सहितका अत्यावश्यक सामाग्रीको आपूर्ती गर्दै आएको थियो ।

पछिल्लो फेब्रअरीमा मालदिभ्सले भारतले प्रस्ताव गरेको संयुक्त नेभल एक्सर्साइज ‘मिलान’लाई अस्वीकार गरेको थियो । सो अभ्यासमा १६ राष्ट्रले सहभागिता जनाएका थिए । भारतले आयोजना गरेको संयुक्त जल सैन्य अभ्यास चीनको हिन्द महासागरमा चिनियाँ उपस्थितिलाई रोक्न तथा साझेदारी बढाउनका लागि थियो ।

मालदिभ्सले २ हजारभन्दा बढी भारतीय कामदारको वर्कपर्मिट नवीकरण गरेको थिएन । यहाँ करिब २५ हजार भारतीय कामदार काम गर्दै आएका छन् । यसैको रीस फेर्न भारतले मालदिभ्स माथि अघोषित रुपमा नाकाबन्दी सुरु गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...