प्रतिनिधिसभामा ओलीको सम्बोधन स्थगित !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।
चीन भ्रमणबारे संसदमा जानकारी गराउन सोमबार २ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
प्रधानमन्त्रीले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकलाई चीन भ्रमणबारे जानकारी दिइने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
असार ५ देखि १० गतेसम्म चीन भ्रमणमा चीन सरकारसँग गरिएका १४ बुँदे सम्झौता लगायत समग्र चीन भ्रमणको अवस्था प्रतिनिधिसभालाई जानकारी गराउने कार्यतालिका भए पनि पर्याप्त समय नभएको भन्दै ओलीले मंगलबार मात्रै प्रतिनिधिसभामा सम्बोधन गर्ने अधिकारीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस