३३ वटा ब्राण्डका दुध पिउन अयोग्य, कुनकुन हुन् त ती ब्राण्ड ? सुचीसहित
काठमाडौं । स्वास्थ्य हुन दुध पिइन्छ र धर्म कमाउन भगवानलाई चढाइन्छ । त्यही दुध नाफाका लागि पानी हालेर बेचिन्छ । तर, त्यही दुध अहिले खान योग्य बनेको छ ।
राजधानीमा घरघर, चोकचोक र गल्लीगल्लीमा डेरी उद्योगहरु छन् । तीमध्ये २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्डमा दुधमा मानव स्वास्थ्यलाई हानि पुर्याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु भेटिएको छ ।
बबरमहलस्थित खाद्य तथा प्रविधि मातहतको केन्द्रीय प्रयोगशालाका अनुसार अन्तर्राष्ट्रिय स्तरको खाद्य सुरक्षा व्यवस्थापन प्रणालीमा आधारित आईएसओ प्रमाणीकरण गरिएको सरकार स्वामित्वको दुग्ध विकास संस्थानकै दुधमा पनि कोलिफर्म भेटिएको छ ।
काठमाडौंका २३ वटा निजी तथा सामुदायिक डेरीको दूधमा कोलिफर्म भेटिएको छ । जसमा नाम चलेका र अत्याधिक विक्री हुने डेरी उद्योगका दुधसमेत छन् ।
कुनकुनमा भेटियो कोलिफर्म ? यस्तो सुची
आधुनिक डेरी बालाजु
गल्फु विनायक
डेरी काभ्रे
आकृति दुग्ध तथा कृषि बालकोट
जयश्री डेरी काभ्रे
भक्तपुर डेरी भक्तपुर
चौधरी डेलिसियस मिल्क एण्ड वेभरेज
हिमालयन डेरी लगनखेल
दुग्ध विकास संस्थान
जगदम्बा डेरी भक्तपुर
एचडी मिल्क एण्ड वेभरेज
कालिका डेरी भक्तपुर
कान्तिपुर फ्रेस मिल्क
नवप्रभात डेरी गोदावरी
नेपाल डेरी धापाखेल
कन्ट्री फुड प्रालि भक्तपुर
राजधानी डेरी काठमाडौं
सुजल डेरी थानकोट
सञ्जीवनी डाइटी उद्योग भक्तपुर
शिवम् डेरी भक्तपुर
सीताराम डेरी कीर्तिपुर
हिमालयन डेरी प्रोडक्ट लगनखेल
तुलसा डेरी प्रालि काठमाडौं
संयुक्त डेरी पाटन
प्रतिकृया दिनुहोस