नेपाल–चीनबीच रेल निर्माण सम्झौतामा हस्ताक्षर, आउने भो चिनियाँ रेल
काठमाडौं । चिनियाँ रेल नेपाल ल्याउनेबारे चीन र नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बिहिबार नेपाल र चीनबीच रेलमार्ग निर्माण लगायत विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपालमा रेलमार्ग निर्माण, सुख्खा बन्दरगाह निर्मार्ण, अन्तरदेशीय विद्युत् प्रसारण लाईन र मानव जनशक्ति आदानप्रदानसम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।
चिनियाँ प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणामा चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली नेतृत्वको टोली र चिनियाँ टोलीबीच बिहिबार भएको वार्तापछि रेलमार्ग निर्माण लगायतका सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यसअघि प्रधानमन्त्री ओलीलाई चीनको ग्रेट हल अफ दि पिपुल्समा गार्ड अफ अनर दिइएको थियो ।
प्रतिकृया दिनुहोस