गुण्डा नाइके गिरीले पाए सफाइ

Abhishek giri

काठमाडौं । गुण्डा नाइके भनिएका अभिषेक गिरीले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन् ।

मंगलबार विशेष अदालतका न्यायधिश बाबुराम रेग्नी, चण्डीराज ढकाल र नायणप्रसाद पोखरेलको संयुक्त इजलासले गिरीलाई सफाइ दिएको हो ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ५ जेठ २०७० मा गिरीसहित अन्य ५ जना गुन्डा नाइकेविरुद्ध अर्थ मन्त्रालय मातहत रहेको सम्पद्धि शुद्धिकरणको मुद्दा दायर गरेको थियो । उनीहरुले करोडौं रकम अवैध स्रोतबाट आर्जन गरेको विभागको दाबी थियो ।

यसअघि नै मनाङमा गुण्डा नाइके तथा प्रदेशसभा सांसदसमेत रहेका राजीव गुरुङ (दीपक मनाङे), पर्शुराम बस्नेत र चक्रे मिलन लगायतले सफाइ पाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...