ओलीको भ्रमण दलमा मेयरदेखि व्यवसायीसम्म, कोको परे ? सुचीसहित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार चीन भ्रमणमा जाँदैछन् । तर ओलीको टीममा सरकारी भन्दा पनि गैरसरकारी क्षेत्रका प्रतिनिधि धेरै देखिएका छन् ।
प्रधानमन्त्रीको अफिसियल टोलीमा २८ जना छन् भने निजी क्षेत्रका विभिन्न संघ संस्था र सञ्चारमाध्यमका प्रतिनिधिहरुको संख्या जोड्दा ११० नाघेको छ ।
आलीको भ्रमण टोलीमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यदेखि व्यवसायी परेका छन् । ओलीको चीन जाने टोलीमा हिमालयन एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा पनि छन् । सोही एयरलाइन्सको विमान चार्टर गरेर प्रधानमन्त्री चीन जाँदैछन् ।
त्यसैगरी उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसानका अध्यक्ष रमेश सिलवाल र महासचिव लोकवहादुर भण्डारी पनि प्रधानमन्त्रीको भ्रमण टोलीमा परेका छन् ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासहित ११ जना व्यवसायी चीन जाने टोलीमा परेका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मासहित ५ जना र चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित ५ जना भ्रमण दलमा परेका छन् । निजी क्षेत्रका प्रतिनिधि निजी खर्चमै गएका हुन् ।
ओलीको भ्रमण टोलीमा पत्नी राधिका शाक्यसहित गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ पनि परेका छन् ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र विदेश मामिला विज्ञ डा. राजन भट्टराई, सांसदहरु जनार्दन शर्मा, प्रेम आले, जयपुरी घर्ती, विशाल भट्टराई र नैनकला ओझा भ्रमण दलमा परेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका राजेन्द्र केसी, पार्वती डिसी चौधरी, राजपाबाट निर्जला राउत र संघीय समाजवादी फोरमका सुरेन्द्रकुमार यादव भ्रमण दलमा परेका छन् ।
भ्रमण दलमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुस्ताङ जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हमो गुरुङ, प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्य र निजी चिकित्सक दिव्यासिंह शाह पनि टोलीमा छन् ।
मुख्य सचिव लोकदर्शन रेग्मी, अर्थ सचिव राजन खनाल, परराष्ट्र सचिव शंकरदास बैरागी र वाणिज्य सचिव चन्द्र घिमिरे भ्रमण दलमा छन् ।
प्रतिकृया दिनुहोस