बाजेको सेकुवा कर्नरमा छापा
काठमाडौँ । ३३ किलो सुन प्रकरणमा शंकास्पद मानिएको रेस्टुरेन्ट बाजेको सेकुवा कर्नरको ६ शाखामा गृहमन्त्रालयको छानबिन समितिले छापा मारेको छ ।
समितिले अनामनगर, स्रोहखुट्टे, एयरपोर्ट, सामाखुसीसहित अन्य ६ शाखामा छापा मारी सिलबन्दी गरेको समितिले जनाएको छ ।
समितिले छापा मारेका सबै सेकुवा कर्नरबाट कागजात नियन्त्रणमा लिँदै कारोबार रोक्का गरेको छ ।
प्रतिकृया दिनुहोस