यस वर्षको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ राससकर्मी दर्नाललाई
काठमाडौं । पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।
नेपालको पत्रकारिता क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरी पाठकको मन जित्दै परिश्रमी पत्रकारको रुपमा परिचित हुन सफल पत्रकार दर्नालले बालवालिको क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको कदर स्वरुप सो पुरस्कार प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको पच्चिस हजार रुपैयाँ राशिको सो पुरस्कार यही जेठ ३१ गते आयोजना हुने एक समारोहका बीच प्रदान गरिने छ ।
विगत एक दशकदेखि पत्रकारितामा सक्रिय दर्नालले खासगरि सामाजिक विषयमा लेख्दै आएका छन् ।दर्नाललाई यस अघि प्रेस काउन्सिलद्धारा प्रदान गरिने ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ (राष्ट्रपति विद्यादेवि भण्डारीबाट) र रिपोर्टस क्लब नेपालले प्रत्येक वर्ष प्रदान गर्ने ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ (प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट) प्रदान गरिएको थियो ।
त्यसैगरी पुरस्कार छनोट समितिले रेडियोतर्फ रमेश दुलाल (रेडियो कान्तिपुर–उपत्यका) र मनकुमारी पुलामी (रेडियो सिद्धबाबा–मोफसल, सिन्धुली), छापामाध्यमतर्फ निमेन्द्र शाही (राजधानी दैनिक–मोफसल, बाजुरा) प्रदान गर्ने निणर्य गरेको छ ।
टेलिभिजनतर्फ रेणुका आचार्य (नेपाल वातावरण पत्रकार समुह–उपत्यका) र अमृता अनमोल (कान्तिपुर मिडिया–मोफसल, रुपन्देही) र कार्यक्रम प्रस्तोतातर्फ दुर्गा कार्की (नेपाल वातावरण पत्रकार समुह) र गीता चिमोरिया (सिआइएन) लाई प्रदान गरिने भएको छ
प्रतिकृया दिनुहोस