चुडामणि उप्रेती ‘गोरे’, भुजुङ गुरुङ र छिरिङ वाङ्देलको सम्पत्तिमाथि छानविन सुरु

Gore

काठमाडौँ । सुन तस्करी र सनम शाक्यको हत्या अभियोगमा पक्राउ परेकामध्ये चुडामणि उप्रेती ‘गोरे’, भुजुङ गुरुङ र छिरिङ वाङ्देल गुरुङको सम्पत्ति छानविन थालिएको छ ।

गृहमन्त्रालयका सह–सचिव इश्वराज पौडेल नेतृत्वको छाविन समितिको सुझावअनुसार सम्पक्ति शुद्धीकरण विभागले उनीहरुलाई काठमाडौँ झिकाएर छनविन थालेको हो । तीनै जना अभियुक्तलाई आज ललितपुरको पुल्चोकस्थित विभागमा उपस्थित गराइएको छ । जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्दा नै उनीहरुमाथि सम्पक्ति शुद्धीकरण अनुसन्धान तथा भ्रष्टाचार मुद्दा चलाउने उल्लेख थियो ।

विभागले काठमाडौँ ल्याएका बेला सुन तस्करीबारे छानविन गर्न गठित समितिले पनि थप अनुसन्धानका लागि उनीहरुसँग सोधपुछ गर्ने बताइएको छ । संगठित अपराध, आतंकवाद एवं कालो धनलाई सेतो बनाएवापत लाग्ने सम्पक्ति शुद्धीकरणको मुद्दामा सामान्य अवस्थामा भन्दा दोब्बर सजायँ हुन सक्छ । साथै, उनीहरुले आर्जन गरेको सम्पत्ति राज्यले जफतसमेत गर्न सक्छ ।

सुन तस्करी प्रकरणमा सम्लग्न रहेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरीलाई भने भ्रष्टाचार मुद्दामा अनुसन्धान गरिने बताइएको छ । विभागमा उपस्थित गराएपछि उनीहरुलाई सुन्धारास्थित केन्द्रीय कारागार पठाइएको छ । सुरक्षाको कारण भन्दै उप्रेतीलाई कारागारको भित्री भागमा रहेको ‘गोलघर’ मा राखिएको छ । विभागले अनुसन्धान पूरा गरेपछि तीनै जनलाई मोरङ फर्काइने छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...