राजधानीका डेरीमा कृषि मन्त्रीको अनुगमन, दुई वटा डेरी शीलबन्दी

Chakra pani

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले बालाजुस्थित आधुनिक डेरी प्रोडक्ट, शुलभ कृषि डेरी र डिडिसी दुधको उत्पादन केन्द्रमा अनुगमन गरेका छन्।

गुणस्तरहीन दुध र दुधजन्य बस्तुहरुको बिक्री वितरण भइरहेको समाचार आइरहेका बेला मन्त्री खनालले सोमबार बिहान बालाजुस्थित तीन वटै दुध डेरीको उत्पादन केन्द्रको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा आधुनिक डेरी प्रोडक्ट र सुलभ डेरीको पाउडरको गोदाम न्यूनतम मापदण्ड भित्र पनि नरहेको पाइएपछि शील गरिएको छ।

कुनै मापदण्ड पूरा नगरेको पाइएपछि दुवै डेरीको पाउडर गोदाम शील गर्नु परेको मन्त्री खनालले बताए। त्यसैगरी डिडीसी दुधको पनि गुणस्तर परीक्षण गर्ने र मापदण्ड पूरा नगरेको पाईए कडा कार्वाही गर्ने मन्त्री खनालको योजना छ। मन्त्री खनालले तीन वटै दुधको ३० वटा स्याम्पल परीक्षणका लागि लगिएको र त्यसमा गुणस्तर नभएको पाइए मंगलबारबाटै आवश्यक कार्वाही प्रक्रिया अघि बढाउने चेतावनी दिए।

मन्त्रीसँग पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरुले ३ वटै दुध डेरीका करिव ३० वटा स्याम्पल पिस परिक्षणका लागि लिएका छन। सो परिक्षण सोमबार नै हुने र गुणस्तरहीन देखिए मंगलबारबाटै कार्वाही प्रक्रिया अघि बढाउने मन्त्री खनालले बताए।

मन्त्री खनालले जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने गरी खाद्य बस्तु उत्पादन गर्नेमाथि खाद्य सम्प्रभुता ऐन अन्तरगत कडा कार्वाही गर्ने पनि चेतावनी दिए। सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने जोकोही पनि कार्वाहीको दायरामा ल्याउने उनको भनाइ छ।

मन्त्री खनालले डेरीहरुमा प्रयोग गरिएको पाउडर परिक्षण गरेपछि मात्रै गोदाममा लगाइएको शील खोलिने बताए। मन्त्री खनालले जनस्वास्थ्यमा खेलवाड गर्ने काम भइरहेको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजारको पनि अनुगमन गरेका थिए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...