ठेकेदारले मन्त्रीलाई धम्क्याएको भन्दै सांसदहरुको आपत्ति

Sansada n

काठमाडौं । समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्ने गृहमन्त्रीलाई शक्तिकेन्द्रको आडमा धम्काउने काम भएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

नेमकिपाका सांसद प्रेम सुवालले समयमै निर्माण सम्पन्न नगर्ने शैलुङ कन्स्ट्रक्सनका शारदा अधिकारीलाई कारवाही गर्न खोज्दा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्रीलाई बोलाएर कारवाही नगर्नु भन्ने आदेश दिएको भन्नेबारे सदनलाई स्पष्ट जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।

दाहालका घरवेटी समेत रहेका अधिकारीलाई कारवाही नगर्न गृहमन्त्रीलाई दिएको आदेशबारे सत्य तथ्य सदनलाई जानकारी गराउन उनले माग गरे ।

यस्तै, सांसद राजकिशोर यादवले समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्ने गृहमन्त्रालयलाई शक्ति केन्द्रले उल्टै धम्क्याएको विषय छापामा आएको भन्दै सबैका लागि न्याय बराबर भन्ने अनुभुति जनतालाई दिलाउन सरकारको ध्यानाकर्षण गराए ।उनले भने, “ठुलालाई चैन सानालाई ऐन नहोस् ।”

मधेसमा पनि निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई पनि कारवाहीको दायरामा ल्याउन उनले माग गरे । उनले जिल्ला शिक्षा अधिकारीले मनोमानी ढंगले आर्थिक प्रलोभनमा परि शिक्षक दरबन्दी तोक्ने गरेको भन्दै दरबन्दी सम्बन्धी स्पष्ट मापदण्ड बनाउन माग गरे ।

त्यसैगरी उनले मधेस आन्दोलनको सत्य तथ्य सम्बन्धी तयार भएको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...