दुतावासभित्रै सुरक्षा इन्चार्जले गरे गोली हानेर आत्महत्या

Goli prahar

काठमाडौं । इजरायल दुतावासको सुरक्षामा कार्यरत असइ नेपाल प्रहरीका असइले गोली हानेर आत्महत्या गरेका छन् ।

लाजिम्पाटस्थित दुतावासको सुरक्षामा कार्यरत असइ अनुपराज थापाले आइतबार बिहान आत्महत्या गरेका हुन् । असइ थापा दुतावासको सुरक्षामा नेपालको तर्फबाट सुरक्षा इन्चार्ज थिए ।

पहरा गणमा दरवन्दै रहेका थापाले आफ्नै कोठामा आफैंले बोक्ने पेस्तोल टाउकोमा हानी आत्म हत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गका अनुसार विहानको खाना खान बोलाउन गएका बेला उनलाई अन्य प्रहरीले मृत अवस्थामा भेटाएका थिए ।

उनले कोठामै गोली हानी आत्म हत्या गरेको बताइएको भए पनि गोलीको आवाज कतै नसुनिएको प्रहरीकै भनाई छ । आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको डिएसपी दानबहादुर मल्लले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...