चिनिया प्लेन चढेर किम पुगे सिंगापुर
काठमाडौं । सिंगापुरमा १२ जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने वार्ता गर्न उत्तर कोरियाली प्रमुख नेता चिनिया जहाजमा सिंगापुर पुगेका छन् ।
एयर चाइनाको विमानबाट चाङगी विमानस्थलमा ओर्लिएका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णनले स्वागत गरेका छन् । विदेशमन्त्री बालाकृष्णन शुक्रबार मात्र प्योङयाङ पुगेका थिए ।
किन र उनी नेतृत्वको प्रतिनिधिमण्डल सेन्ट रेगिस होटलमा बस्नेछन् । ट्रम्प र किम जोङ्ग उनबीच १२ जुनमा ऐतिहासिक शिखरवार्ता हुँदैछ । दुई नेता बीचको बहुप्रतिक्षित वार्ता मंगलबार सेन्तासा आइल्याण्डमा रहेको होटल क्यापेलामा हुनेछ ।
बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता बीचको यो भेट पहिलो हुनेछ ।
सन् २०११ मा सत्तामा आएपछि किमको यो तेस्रो र सबैभन्दा लामो विदेश यात्रा हो ।
प्रतिकृया दिनुहोस