पुल बनाउने जिम्मा चीनलाई नै

Pm ofice

काठमाडौं । सरकारले चीनसँग जोडिएका तीन वटा पुल बनाउने जिम्मा चीन सरकारलाई दिने भएको छ ।

तातोपानीस्थित मितेरी पुल र रसुवागढी–स्याफ्रुबेँसी र चीनको ज्याङ्बु जोड्ने पुल बनाउने चीन सरकारको प्रस्ताव आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

विहान बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल–चीन सहयोग र सहकार्य सम्बन्धी तीनवटा निर्णय गरेको छ । सबै पुल चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुनेछ ।

नेपाल र चीन सरकारबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्न आवश्यक समझदारी गर्ने अख्तियारी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीलाई दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोताका अनुसार चीनको नेसनल इनर्जी अफ एडमिनिस्ट्रेसनले नेपालको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग ऊर्जा क्षेत्रमा सहकार्यका लागि समझदारी गर्ने प्रस्ताव अघि सारेको थियो ।

मन्त्रिपरिषद् बैठकले सोही प्रस्तावमा समझदारी गर्ने अख्तियारी ऊर्जामन्त्री वर्षमान पुनलाई दिएको छ । यो सँगै लामे समयदेखि बन्द भएको तातोपानी नाका फेरि सञ्चालनमा आउने पक्कापक्की भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...