राष्ट्रियसभा नियमावली आइतबार अनुमोदन हुन्छः अध्यक्ष तिमिल्सिना

Garesha timilsena

चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभा नियमावली २०७४ आइतबार सर्वसम्मत अनुमोदन हुने बताएका छन् ।

शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले सबै दलको सहमतिमा शुक्रबार प्रतिनिधिसभाबाट प्रतिनिधिसभा नियमावली २०७४ अनुमोदन भएको भन्दै आइतबार राष्ट्रियसभाले पनि आफ्नो नियमावली अनुमोदन गर्ने बताए ।

उनले फौजदारी अभियोग लागेका सांसदको संसद्मा मतदान हुँदा सांसदको संख्या गणना हुने तर मतदान गर्न नपाउने बताए ।

अध्यक्ष तिमिल्सिनाले जनताले चुनेको प्रतिनिधिले कहिं उन्मुक्ति नपाउने दाबी गरे । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअन्तर्गत चुनिएका प्रतिनिधि अरुभन्दा माथि हुनै नसक्ने उनको भनाई थियो ।

राष्ट्रियसभा नियमावली २०७४ आइतबार राष्ट्रियसभामा पेश हुँदैछ भने आइतबारै प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनसम्बन्धी संयुक्त नियमावली पनि पेश हुँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...