मधेशी पत्रकार समाजमा यादव चयन
काठमाडौं । प्रदेश ३ लाई आधार बनाई पत्रकारिता गर्दै आएका सञ्चारकर्मीहरु संगठित भएका छन् ।
संघीय संरचना अनुसार प्रदेश नं. ३ केन्द्रित पत्रकारिता गर्ने पत्रकारहरुको प्रादेशिक भेलाबाट मधेशी पत्रकार समाज नेपालको १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा विजय यादव चयन भएका छन् ।
जसको उपाध्यक्षहरुमा निवेश कुमार, सन्दिपकुमार वैश्य र अर्चना झा, महासचिवमा सर्फूल्लाह अन्सारी, सचिवद्वय विजेता चौधरी र सन्ध्या बिडारी, कोषाध्यक्षमा आशा साह चयन भएका छन् ।
सदस्यहरुमा सुष्मा कर्ण, लिलानाथ गौतम, सन्जयकुमार प्रजापति, कृष्णमुरारी मिश्र र जितेन्द्र देव रहेका छन् । शनिवार काठमाडौंमा सम्पन्न सो भेलाले मोल्लिम अन्सारी र प्रकाश तिमिल्सिनालाई सल्लाहकारम चयन गरेको छ ।
सो भेलामा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्याल, मधेश मिडिया हाउसका अध्यक्ष डा.राजेश अहिराज, नेपाल पत्रकार महासंघका पूर्वसचिव धर्मेन्द्र कर्ण, प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईँ, अधिवक्ता सुनिलरञ्जन सिंह, सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष निमेष कर्ण, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्रलाई सम्मान गरिएको थियो ।
यसैगरी स्वेता सिन्हा, सिर्जन झा, प्रवीण चौधरी, कोमल भगत, रुवी रौनियार, प्रकाश तिमिल्सिना, दुर्गा फुँयाल, पुर्णेन्दु झा, विजय यादव निर्विज, सरिता साह, सेलिना कुँवर लगायतलाई पनि सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस