१९५० मा भएको सन्धिको पुनराबोलक हुन्छ : ओली

Oli biratnagar sambodhan

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतबीच सन् १९५० मा भएको सन्धिको पुनराबोलक हुने बताएका छन् ।

शनिबार प्रदेश १ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञ समुहले काम गरिरहेको दाबी गरे । वर्तमान सरकार राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमानका विषयमा अडिग रहेको पनि दावी गरे ।

‘१९५० को सन्धिको उच्चारणै गर्न हुन्न भन्ने थियो’, ओलीले भने, ‘विज्ञ समूहले काम गरिरहेको छ, अब केही महिनाभित्रै त्यसको पनि अद्यावधिक हुन्छ ।’

भारतसँगको सम्बन्ध सकारात्मक दिशामा अघि बढिरहेको प्रदेशसभालाई जानकार िगराए । ‘विराटनगरको अस्थायी कार्यालय भारतले हटाउने निर्णय गरेको छ’ उनले भने, ‘एकाध स्थानीय घटनालाई बढाइँचढाइँ गरी अन्तर्राष्ट्रिय सम्बन्धमा नै खलल पुगे झैं प्रचार गर्नु उपयुक्त हुँदैन ।’

सीमामा बाढीका कारण उत्पन्न समस्या, सीमा विवादका समस्या लगायतका विषय समाधान हुन्छन्’, उनले भने ‘सडक, बाटो र बाँधका नाममा उत्पन्न हुने सबै समस्या समाधान हुन्छन् ।’

ओलीले केही दिनभित्रै आफूले गर्न लागेको चीन भ्रमण पनि देशको हित, राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमानभित्र रहेर सम्पन्न हुने बताए । प्रधानमन्त्रीले सरकारले केही गरेन भनेर उफ्रिँदैमा केही नहुने जिकिर गरे । उनले सरकारले आफ्नो ठाउँबाट आफ्नो काम गरिरहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...