कांग्रेस नेता बडु भन्छन्, सभामुख र उपसभामुखमध्ये १ को राजिनामा

Dilendra badu

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले सभामुख र उपसभामुखमध्ये एक जनाले राजिनामा दिन माग गरेका छन् ।

नेता बडुले सभामुख र उपसभामुख दुबै एउटै दलको भएकाले दुईमध्ये एउटाले पदबाट राजिनामा दिनुपर्ने माग गरेका हुन् ।

‘एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नुहुँदैन, एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नु भनेको संवैधानिक व्यवस्थाको उल्लंघन हो’ उनले भने, ‘त्यसैले तत्काल एकजनाले राजिनामा दिनुपर्छ । सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीको हुनुपर्छ ।’

रिपोर्टस क्लव नेपालले आयोजना गरेको कार्यक्रममा नेता बडुले संविधानको मुलभूत अन्र्तवस्तु चलाउन नहुने जिकिर गरे । ‘अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हामी स्विकार गर्दैनौं’ उनले भने, ‘यो संविधानको मुलभूत विषयलाई चलाउन थाल्यौं भने अस्थिरता निम्तिन्छ, यो विषय अहिले प्रवेश गर्ने बेला भएको छैन् ।’

संविधानको अहिले गलत व्याख्या हुन थालेकोमा उनले चिन्ता व्यक्त गरे । सरकारले संविधानको कार्यान्वयनको लागि र अपव्याख्या हुन नदिन चाँडो भन्दा चाँडो कानून ल्याउनुपर्ने उनको जिकिर थियो । उनले भने, ‘सांसदहरु निलम्बन गर्ने विषय नियामावलीमा राख्ने होईन, त्यसको लागि छुट्टै ऐन बनाउने सहमतिका साथ अहिले निकास खोजिएको हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...