मुलको पानी खुवाएर काठमाडौं फर्काइयो देवकोटालाई

Devkkota 26

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई आफ्नो पुख्र्यौली घर पु¥याएर काठमाडों ल्याइएको छ ।

५ दिनदेखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर) मा राखिएका डा. देवकोटालाई उनकै इच्छाअनुसार गोरखाको पालुङटारस्थित पुख्र्यौली घर लगिएको थियो ।

डा. देवकोटालाई हेलिकोप्टरमार्फत गाउँ लगिँदा गाउँलेको भीड लागेका थियो । त्यसका लागि भने घरमुनी अर्को हेलिप्याड बनाइएको छ । गाउँले भेट्दा नबोले पनि उनको अनुहारमा चमक आएको थियो ।

डा. देवकोटाले परिवारका सदस्यहरुसँग पुख्र्यौली घरको पिँढीमा बसेर सुस्ताउने र सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेका थिए । सोही अनुसार डा. देवकोटालाई गोरखा लगिएको थियो ।

देवकोटालाई हेलिप्याडबाट घरमा लगिएपछि केहीबेर पिँढीमा राखिएको थियो । लगत्तै घर नजिकै रहेको सिस्नेधाराको पानी ल्याएर खुवाइएको थियो । गिलासको पानी चच्चाको सहयोगले डा. देवकोटालाई पानी खुवाइँदा उनी मुसकुराएझैं गरेका थिए ।

उनलाई ‘यो मुलको पानी हो’ भन्दै चिकित्सकले पानी खुवाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...