मध्यमार्गी धारबाट संसदमा नियावली पेश हुने

Pratiinidhi sawa vawan

काठमाडौं । दलहरुबीच सहमतिपछि लामो समयदेखि संसद्मा अड्किएको संसद् नियमावली शुक्रबार पेश हुँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नियमावली निर्णयार्थ पेश हुने भएको छ ।

सांसद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठन भएको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले तयार पारेको ‘प्रतिनिधि सभा नियमावली, २०७५’को मस्यौदा दफावार छलफलका लागि संसदमा पेश हुन लागेको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा पेश गरिने निमायवली फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधानलाई छलेर ल्याउन लागिएको छ । शीर्ष नेताहरुसँगको छलफलपछि निलम्बन भन्ने शब्द नराखी समितिले पेश गरेको मस्यौदा नै संसदका दुबै सदनमा पेश हुने भएको छ ।

यसअघि सरकारले फौजदारी अभियोग लागे पनि सांसद निलम्बन नहुने नियमावली ल्याउन लागेको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवली पारित गर्न खोजिए संसद छाड्ने नेपाली कांग्रेसको चेतावनी दिएपछि सभामुख कृष्णबहादुर महराले मध्यमार्गी बाटो रोज्दै निलम्बन भन्ने शब्द नराखी संसद्मा नियामवली पेश गर्न लागेका छन् ।

संघीय संसद सचिवालयका अनुसार नियमावलीमाथि छलपलका क्रममा सांसदहरुले संशोधन प्रस्तावसमेत पेश गर्न सक्नेछन् । नियमावलीलाई आजै पारित गर्ने कार्यसूची रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...