कालिमाटि तरकारी बजारका बिचौलियालाई कारबाही सिफारिस
काठमाडौं । कालिमाटी तरकारी बजारमा तरकारीको अनियमितता गर्ने बिचौलियालाई कारवाही गर्न अनुगमन समितिले सिफारिस गरेको छ ।
कालिमाटि फलफूल तथा तरकारी बजार व्यवस्थापन वोर्डले गठन गरेको उप समितिको सिफारिसका आधारमा बदमासी गर्ने व्यापारीलाई कारवाहीको तयारी गरेको हो ।
अनुगमनको क्रममा व्यापारीले भवनको दुरुपयोग गरेको अनुगमन समितिले पाएको थियो । उक्त विषय छानविन गर्न बनेको उपसमितिले कारवाहीको सिफारिस गरिसकेको बोर्डका निर्देशक तेजेन्द्र प्रसाद पौडेलले बताए ।
उपसमितिले कालिमाटी तरकारी बजारमा बिचौलियाको ठूलो बिगबिगी रहेको बताएको छ । आफुले भाडामा लिए पनि आफै व्यवसाय नगरेर बढी पैसा लिइ अन्य व्यापारीहरुलाई पसल गराउन लगाएको उपसमितिले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।
बजार अनुगमनका क्रममा तीन/चार तहसम्मका बिचौलियाको उपस्थितिले किसानले उत्पादन गरेको सामान बजारसम्म आइपुग्दा धेरै महंगो हुने, स्टल भाडामा ठूलो अनियमितता पाइएको छ ।
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कालिमाटि तरकारी बजारको अनुगमन गरेपछि बिचौलियालाई कारबाहीका लागि सिफारिस गर्न बोर्डलाई निर्देशन दिएका थिए ।
प्रतिकृया दिनुहोस