सर्वोच्चको आदेशपछि बिपी राजमार्गमा ठूला गाडी गुडाउन रोकियो

Bp rajmarga

सिन्धुली । सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला गाडी गुडाउन रोक्ने अन्तरिम आदेश दिएपछि आजदेखि ठुला गाडी गुडाउन पूर्णरुपमा रोक लगाइएको छ ।

बनेपादेखि बर्दिबाससम्मको राजमार्गमा ठूला सवारी साधन सञ्चालन नगर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला गाडीलाई इजाजत दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि आजदेखि ठूला सवारी साधन प्रवेशमा रोक लगाइएको प्रजिअ ज्ञानप्रसाद ढकालले जानकारी दिए ।


यसअघि यातायात व्यवस्था विभागले राजमार्गमा चक्काका आधार चार हजार दुई सय एमएम भएको र ३२ सिट क्षमताको सवारी साधनलाई बिहान ५ बजेदेखि राति ८ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको थियो ।

राजमार्गमा सडकको गुणस्तर उपयुक्त भए पनि सडकको चौडाइका आधारमा ठूला सवारी साधन सञ्चालन गर्नु जोखिमपूर्ण भएको भनी तीव्र असन्तुष्टि भइरहेका बेला अदालतको निर्णय स्वागतयोग्य रहेको सिन्धुली गोलञ्जोरका विवश थापाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...