प्रधानमन्त्री ओलीको राजधानीमै पुत्ला दहन !
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपाल सरकारले मोदीको विरोधको नाममा ‘वि’ सम्म उच्चाहरण गर्न दिएन ।
मोदीको विरोध गरेको आरोपमा विवेकशील साझा पार्टी र नेपाल समाजवादी कांग्रेसको कार्यालयमा तोडफोड गर्दै कार्यालयका कागजात लुट्यो । नेपाल समाजवादी कांग्रेसकी केन्द्रिय सदस्य पार्वती थापालाई ६ दिनसम्म हिरासतमा राख्यो ।
तर, अहिले नेपालकै शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीको राजधानीमा पुत्ला जलाइँदा प्रहरी प्रशासन मुकदर्शक बन्न थालेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिविरुद्ध कांग्रेस निकट नेपाल विद्यार्थी संघले बिहीबार ललितपुरको पाटनमा प्रधानमन्त्री ओलीको पुत्ला जलायो । तर, प्रधानमन्त्रीको पुत्ला जलाईदैछ भन्ने सुनेर पनि सरकारले कुनै एक्सन नै लिएन ।
त्यति मात्रै होइन, नेविसंघका विद्यार्थी नेता, कार्यकर्ताले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता नगरे सरकारविरुद्ध अझंै कडा आन्दोलनमा जान बाध्य हुने चेनावनीसहित चर्का नाराबाजी गरेका थिए ।
नेपाल विद्यार्थी संघ, पाटन संयुक्त क्याम्पस इकाई समितिको आह्वानमा मूल्यवृद्धिको विरोधमा ओलीको पुत्ला दहन गरिएको थियो । जनतालाई मारमा पार्ने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गराउन दबाबस्वरुप प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्नुपरेको संघका पाटन संयुक्त क्याम्पस इकाई समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस