लापरवाहीको पराकाष्ठ : उपमहानगरमा घटुवा भएकै हो त विराटनगर ?
विराटनगर । विराटनगर महानगरपालिका बनेको पनि एक वर्ष पूरा भइसकेको छ । तर वर्तमान सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाको नजरमा अझैं विराटनगर महानगर बनेको छैन ।
विराटनगर २०७४ जेठ १७ मा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयपछि महानगरपालिका बनेको थियो । तर केन्द्रिय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले भने विराटनगरलाई उपमहानगर कै दर्जा दिएका छन् । महानगरपालिका बनेको १ वर्षसम्म पनि महानगर र उपमहानगर छुट्याउन नसक्ने अर्थमन्त्रीप्रति विराटनगरबासीले आपत्ति जनाएका छन् ।
अर्थमन्त्री खतिवडाले विराटनगरमाथि किन अन्याय गर्दैछन् ? कहिलेकाही बोल्दा बानी परेका कारण फरक पर्नसक्छ । तर, सरकारी तथ्यांकमा फरक पार्न मिल्दैन । त्यसमा पनि अर्थमन्त्री जस्ताले बजेट भाषणको कितावमै महानगरलाई उपमहानगर लेखेका छन् ।
त्यसै पनि आर्थिक बर्ष २०७५/७६ को बजेटप्रति न नागरिक खुसी छन्, न विपक्षी दल वा सत्ता पक्ष नै अर्थमन्त्रीको बजेटप्रति खुसी छन् । त्यसमा पनि त्रुटि नै त्रुटि भएपछि कसले खुसी मान्न सक्छ र ?
विराटनगरबासीले महानगर बनाउन निक्कै संघषृ गरेका थिए । तर, केन्द्रिय सरकारका अर्थमन्त्रीले भने बजेटको कितावमै विराटनगरलाई ‘उपमहानगर’ उल्लेख गरेका छन् ।
सरकारले ७ सय ४४ स्थानीय तह बनाउँदा काठमाडौँ, ललितपुर, पोखरा लेखनाथ र भरतपुरलाई महानगरपालिका बनाएको थियो । तर, विराटनगरलाई पनि महानगर बनाउन आन्दोलन भएपछि सरकारले दोस्रो चरणमा विराटनगरसहित वीरगञ्जलाई पनि महानगर बनाएको थियो । तर, अर्थमन्त्रीले बजेट कितावमा भने विराटनगरलाई उपमहानगरमा घटुवा गरेका छन् ।
बजेटको अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश र स्थानीय तह) को कागजपत्रमा स्थानीय तह शीर्षकअन्तर्गत मोरङको ‘...विराटनगर उपमहानगरपालिका’ भनी उल्लेख गरिएको छ । कागज रुपमा त्रुटी भएको भए पनि अहिलेसम्म यसलाई सच्याइएको छैन ।
प्रतिकृया दिनुहोस