विकासका कुरा लिएर सिंहदरबार धाउने अवस्थाको अन्त गरौंः अध्यक्ष तिमिल्सेना

Garesha timilsena n

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सांसदहरुले आ–आफ्नो क्षेत्रको योजना लिएर सिंहदरबार धाउनुपर्ने स्थितिको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष तिमिल्सिनाले सांसदहरुले योजनाको फाईल बोकेर टेबल चाहार्नुपर्ने स्थितिको अन्त्य गर्नुपर्ने बताए । यस्तै, संघीय संविधान अनुसारको आवश्यक कानुन अभावका कारण काम गर्न पाएनौं भन्ने प्रदेश र स्थानीय सरकारको गुनासो सुन्न नपर्ने गरि विधेयक बनाउन उनले केन्द्र सरकारको ध्यानाकर्षण गराए ।

संघीय संसद सचिवालयले बुधबार सांसदहरुका लागि सञ्चालन गरेको संसदीय प्रक्रिया सम्बन्धी जानकारीमुलक कार्यक्रममा उनले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।उनले संसदलाई आवश्यक विजनेस दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

संविधानमा नै ३ वर्ष भित्र गरिसक्नुपर्ने भनेका विषय जसरी पनि निर्धारित अवधिमा सम्पन्न गर्नुपर्ने भएकाले आवश्यक विधेयकलाई ढिला नगरी संसदमा टेबल गर्नुपर्नमा अध्यक्ष तिमिल्सेनाले जोड दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...