लामोसाँघु–जिरी सडक निर्माणका ठेकदार पक्राउ
सिन्धुपालचोक । सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडक खण्ड निर्माणको काममा ढिलाई गरेको आरोपमा निर्माण कम्पनीका ठेकेदार भीमसेन भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
लामोसाँघु जिरी सडक खण्डको मुडेसम्मको २५ किलोमिटर सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी संघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका भण्डारीलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।
स्वीस सरकारको सहयोगमा निर्माण सम्पन्न भएको लामोसाँघु जिरी सडक खण्डको स्तरोन्नती कार्य ठेकेदार र आयोजनाको विवादका कारण निर्धारित समय सके पनि काम सकिएको छैन ।
सन् १९७५ देखि १९८५ सम्म स्वीस सरकारको सहयोगमा निर्माण भएको अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट दोलखाको जिरीसम्म ११० किलोमिटर लामोसाँघु जिरी सडकको चौडा बढाउने कार्य भइरहेको छ । अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरउन्नती कार्य दुईबर्ष अर्थात २०१७ को अक्टोबरसम्ममा सकिनुपर्नेमा हालसम्म सकिएको छैन ।
भारतको एक्जीम बैंकको सहयोगमा सिन्धुपाल्चोकको खाडिचौरदेखि मुडेनजिकै २५ किलोमिटर सडक निर्माण भारतको सिमाञ्चल निर्माण कम्पनी र नेपालको गौरी पार्वती र सुनौलो खिम्ती कन्स्ट्रक्सनले पाएको थियो ।
प्रतिकृया दिनुहोस